कोरोना संक्रमणको जोखिममा बैंकवित्त

कोरोना जोखिम बढेसँगै बैंक तथा वित्तीय संस्थामा यसको प्रभाव बढ्दै गएको छ । बैंकवित्तका कर्मचारीमा कोरोना संक्रमण बढ्नुका साथै बैंकको सेवा समेत प्रभावित हुन थालेको छ । हालसम्म बैंकवित्तमा मात्रै झण्डै २ सय ५० जना कर्मचारीमा कोरोना संक्रमण फैलीएको जनाइएको छ । नेपाल राष्ट्र बैंकमा समेत कोरोना संक्रमणले छोएको छ । त्यसैगरी सरकारी बैंकहरु नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकमा पनि विभिन्न शाखाहरुमा कोरोना संक्रमण देखिएको छ ।