कोरोना संक्रमणबाट एकसातामै ५२ जनाको मृत्यु

कोरोना संक्रमणबाट गतसाता एकसातामै ५२ जनाको मृत्यु भएको छ । पछिल्लो समयमा हरेकदिनजसो कोरोनासंक्रमणबाट ४ देखि १० जना सम्मको मृत्यू हुन थालेको छ । हालसम्म मृतकको संख्या १५६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभरमा गरी १३७ जनाको आईसीयूमा तथा १० जनाको भेल्टिलेटरमा उपचार भइरहेको छ ।