विदेशबाट आउने नेपालीले सात दिनसम्म होटल क्वारेन्टाइन बस्नुपर्ने

विदेशबाट नेपाल आउने कुनैपनि नेपालीले पीसीआर परीक्षणसहित सात दिनसम्म होटल क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ । सो को लिखित प्रतिबद्धतापछि मात्रै उनीहरुले नेपाल आउन टिकट पाउने छन्। सरकारले दैनिक पाँच सय जनासम्मलाई नेपाल आउन अनुमति दिने निर्णय गरेको छ ।