११२ किलो तौल भएकी महिलाले जन्माइन ५ किलोको बच्चा

मकवानपुरकी एक महिलाले पाँच किलोग्रामको बच्चा जन्माएकी छन्। चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत मकवानपुरको चुरीयामाई ९ घर भएकी ३० वर्षीया सीता लोप्चनले  पाँच किलोग्रामकी छोरी जन्माएकी अस्पतालले जनाएको छ । अस्पतालका प्रमुख प्रशासकीय अधिकृत प्रताप देवकोटाका अनुसार उच्च रक्तचाप र बच्चा ठूलो भएका कारण हेटौँडा अस्पतालबाट उपचारका लागि आइतबार साँझ चितवन मेडिकल कलेज पठाइएको थियो। आमा ११२ किलो भएका कारणसमेत शल्यक्रियामा समस्या आउनसक्ने भएकाले लोप्चनलाई चितवन पठाइएको उनले बताए।