एउटै माइक्रोफाइनान्स : जसले ‘हजारौ गरिव’ लाई मालिक बनायो

बैंकिङ खबर । किभा संसारकै ठूलो एवम् प्रतिष्ठित संस्था हो जसले माइक्रोफाइनान्सको काम गर्दछ । झन्डै ८० मुलुकमा कर्जा विस्तार गरिरहेको किभाले १.३ विलियन अमेरिकी डलर बराबरको कर्जा विस्तार गरेको छ । यस संस्थाले विशेषगरी महिला, कृषि, शिक्षा, शरणार्थीहरु, वातावरण अनुकुलता, पशुपालन, कला लगायतका क्षेत्रमा लगानी गरेको छ ।

संसारमा १.७ विलियनभन्दा बढी मानिस वित्तीय पहुँचबाहिर रहेका छन् । यीनै मानिसहरुलाई लक्षित गरेर सन् २००५ मा किभाको स्थापना गरिएको हो । यसको प्रधान कार्यालय अमेरिकाको सान फ्रान्सिसको सहरमा रहेको छ । यो संस्थाले २५ डलरदेखिको कर्जा उपलब्ध गराएर अति विपन्न वर्गहरुलाई ठूलो सहयोग पुर्याएको छ ।

किभाबाट ३.३ मिलियन व्यक्ति, समूह तथा संस्थाले कर्जा लिएका छन् । यस संस्थाबाट प्रवाहित शतप्रतिशत कर्जा सम्बन्धित उद्यममा प्रयोग भएका छन् । विभिन्न संस्थाहरुबाट कर्जा एवम् सहायता लिएर किभाले आफ्नो कार्य संचालन गर्ने गर्दछ । आवश्यकता भएका व्यक्तिहरुलाई कर्जा प्रदान गरी पुर्याएको सहयोग र त्यसको प्रभावकारीताका लागि किभाले थुप्रै अवार्ड एवम् सम्मानहरु पाएको छ ।

किभाले पिल्ड पार्टनरहरु एवम् ट्रस्टीहरुमार्फत आफ्नो सेवा विस्तार गरिरहेको छन् । २०१८ मा मात्रै किभाले छ लाख ३९ हजार छ सय सात कर्जादाताबाट १५ करोड ७९ लाख ४८ हजार नौ सय ५० डलर कर्जा लिएर चार लाख सात सय चार ऋणीलाई कर्जा प्रदान गरेको छ । हरेक वर्ष नयाँ नयाँ मुलुकहरुमा सेवा विस्तार गर्ने क्रममा २०१८ मा यस संस्थाले फिलिपिन्स, केन्या र पेरुमा गहिरो छाप छोड्न सफल भएको छ । यस वर्ष कृषि, खाद्य र रिटेलमा यस संस्थाले धेरै लगानी गरेको छ ।

रुवान्डाका जिन पेरिले २२५ डलर कर्जा लिएर ल्यापटप किनेपछि पढाई र क्षमता विकासमा ठूलो सहयोग पुग्यो । एक सिरियन शरणार्थी परिवार किभाको कर्जाको सहयोगले लेबनानमा सेटल भयो । किभाको कर्जाबाट विश्वविद्यालय अध्ययन सकेकी कोलम्बीयाकी एक महिला महिला अधिकारको नेतृत्व गर्न पुगिन् । यस्ता थुप्रै उदाहरणहरु छन्, जहाँ किभाको ससानो सहयोगले ठूला ठूला सपना पूरा गरेका छन् ।