अमेरिकाद्धारा साना व्यवसायीको ऋण शतप्रतिशत मिनाहा

अमेरिकाले साना व्यवसायीलाई शतप्रतिशत ऋण मिनाहा गर्ने भएको छ । उसले उक्त विधेयक दुवै सदनबाट हालै पारित गरेको छ । कोरोना महामारीका कारण व्यबसायीहरु आर्थिक मारमा परेका कारण व्यबसायीले लिएको ऋण मिनाहा गर्न ऋणसम्बन्धी विधेयक अमेरिकी संसदले बहुमतले पारित गरेको हो । साना व्यवसायीलाई प्रत्यक्ष लाभाविन्त गराउन यसो गरिएको अमेरीकी अधिकारीले बताएका छन् । पुरानो ऋण मिनाहा भएपछि नयाँ ऋण दिइने छ । अब साना व्यवसायीले कामदारका लागि दिइने तलबबापत नयाँ ऋण पाउनेछन् । यो ऋण उनीहरुले तलब, किस्ता, ब्याज, बिजुली र घरभाडामा प्रयोग गर्नुपर्ने छ ।