एटीएममा प्रसस्त रकम राख्न राष्ट्र बैंकको निर्देशन

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई डिजिटल कारोबार गर्न जोड दिएको छ । उसले एटीएम मेसिनहरूमा पर्याप्त नगद राख्न र विद्युतीय भुक्तानी बढाउन निर्देशन दिउको हो । राष्ट्र बैंकले एक सूचना जारी गरी विद्युतीय माध्यमबाट हुने कारोबारलाई जोड दिँदै सो को सुरक्षामा सतर्कता अपनाउन पनि भनेको छ । कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि विभिन्नस्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेका छन् । यस्तो अबस्थामा सुरक्षित ढंगले सिमित कर्मचारी परिचालन गरी सेवा सुचारु गर्न बैंकहरु सक्रिय छन् ।