नेशनल माइक्रोफाइनान्सद्धारा राहत कोषमा १७ लाख रुपैयाँ थप सहयोग

नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लि.ले नेपाल सरकारद्धारा स्थापना गरिएको कोरोना भाईरस संक्रमण, रोकथाम नियन्त्रण तथा उपचार कोषमा संस्थाको संस्थागत समाजिक उत्तरदायित्व कोष मार्फत २०७७ अषााढ मसान्तसम्मको खर्च गर्न बांकी रहेको रकम थप रु १७ लाख बराबरको चेक सरकारद्धारा स्थापित कोरोना भाईरस संक्रमण, रोकथाम नियन्त्रण तथा उपचार कोषमा जम्मा गरेको छ ।
संस्थाले यस भन्दा अगाडी सरकारलाई सोही कोषमा १० लाख रुपैयाँ जम्मा गरेको थियो भने लकडाउनमा सममस्यामा परेका अति विपन्न परिवार एवं ग्राहक सदस्यहरुलाई करिव ५० लाख रुपेयँँ बराबरको खाधान्न सहयोग समाग्री हस्तानान्तरण गरेको थियो ।