जीवन विकास लघुवित्तले २ वटा लघुवित्तलाई गाभ्ने

तीनवटा लघुवित्त मर्जर भई एक हुन लागेका छन् । जीवन विकास लघुवित्त वित्तीय संस्था, सल्भ लघुवित्त वित्तीय संस्था र गरिबी न्यूनीकरण लघुवित्त वित्तीय संस्था मर्जर भएर एक हुन लागेका हुन् । मर्जरपछि भदौ २२ गतेदेखि एकीकृत कारोबार शुरु हुने  भएको छ । मर्जरपछि जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार हुने छ । सल्भ लघुवित्त लघुवित्त वित्तीय संस्थाको चुक्ता पुँजी ४ करोड २० लाख, गरिबी न्यूनीकरण लघुवित्त वित्तीय संस्थाको चुक्ता पुँजी १ करोड ४० लाख र जीवन विकास लघुवित्त वित्तीय संस्थाको चुक्ता पुँजी १४ करोड रहेको छ । तीनवटै लघुवित्त गाभिएपछि चुक्ता पुँजी १९ करोड ६० लाख पुग्ने छ।