एउटा लघुवित्तकर्मिको सपना

राजेन्द्र न्यौपाने
“ओहो ढिलो पो भइएछ क्यारे ।” गाडिबाट उत्रदै गर्दा राजु सर सहकर्मि साथिहरुसँग पश्चातापको भावमा बोल्छ्न । “छैनौं सर, आठ बजेको कार्यक्रम हो, पौने आठ हुँदैछ” तालिम विभाग प्रमुख विकाश सरको सहज जवाफ । हिजो दिनभरीनै विकाश सर र सुनवलका शाखा प्रमुखले सदस्य दिदिबहिनिहरुसँग हातेमालो गरी आजको कार्यक्रमको व्यबस्थापन गर्नुभएको रहेछ । आज सामुहिक कर्जा लिनुभएका नजिकैका तिनवटा केन्द्रका ४२ जना सदस्य दिदिबहिनि मिलि करिब १ करोडको लागतमा स्थापना भएको “महिला लघुउद्यमी दुध संकलन तथा दुधजन्य बस्तु उत्पादन केन्द्र” मा आज देखि काम संचालन मा आउने दिन । गाउँका सम्पुर्ण भद्र भलाद्मि , स्थानिय तहका जनप्रतिनिधि, जिल्ला पशु तथा कृषि कार्यलयका कर्मचारी सबैको उपस्थिति भैसकेको रहेछ । सबै सदस्यआमा दिदिबहिनिहरुको उपस्थिति , मेयरसाब पनि हतार हतार गर्दै ढिलो भएकि भन्ने भावमा आईपुग्नु भयो । सबैले सबैलाई सामुहिक अभिवादन गरेपछि ठिक आठ बजे कार्यक्रम शुरु भयो “महिला लघुउद्यमि दुध संकलन तथा दुधजन्य बस्तु उत्पादन केन्द्र” कि अध्यक्षले कार्यक्रमको अध्यक्षता गर्नुभयो, सचिवले कार्यक्रम संचालन । राष्ट्रिय गान पछि केन्द्रकि कोषाध्यक्षले परियोजनाको आयब्यय सुनाउनु भयो । नगरपालिकाका मेयरसाबले आफ्नो १० मिनेटको मन्तब्यमा ६ महिनाको परियोजना ५ महिनामा नै तयार भएकोमा खुशि प्रकट गर्दै लघुवित्त संग सहकार्य गरी नगरक्षेत्रका धेरै भन्दा धेरैलाई सिपमुलक तालिम दिई स्थानिय साधनश्रोतको अधिकत्म उपयोग गर्न सिकाई स्वरोजगार नगर निर्माण गर्न ५० लाख बजेट छुट्याएको र उक्त संम्पुर्ण रकम लघुवित्तसंग सहकार्य गरी नगरक्षेत्रका सदस्यहरुलाई सिपमुलक तालिममा खर्च गर्ने घोषणा गर्नुभयो । कृषि तथा पशु सेवाका प्रमुखले व्यबसायिक खेति तथा व्यबसायिक पशुपालन क्षेत्रलाई अगाडि बढाउन लघुवित्तले खेलेको भुमिकाको प्रशंसा गर्दै यस परियोजनामा जस्तै अन्य व्यबसायिक परियोजना निर्माणमा आर्थिक अनुदानका साथै सिपमुलक तालिम आयोजनामा लघुवित्त संगै हातेमालो गर्दै अघि बढ्रने प्रतिवद्वता ब्यक्त गर्नुभयो । वित्तीय संस्थाको तर्फबाट हाम्रो लघुवित्तले खालि कर्जा लगानि ÷ असुलि तथा बचत मात्र हैन सिपमुलक तालिम, स्वरोजगारी श्रृजना, शिक्षा, बजार लगाएतका क्षेत्रमा यसरीनै सबैक्षेत्रसँगको सहकार्यमा अगाडि बढ्रने प्रतिवद्वता ब्यक्त गरे । अन्तमा अध्यक्षज्युले सबैलाई आ—आफ्नो क्षेत्रवाट गर्नुभएको सहयोग र साथको ला िगधन्यवाद दिंदै केन्द्र अवलोकनका लागि अनुरोध गर्नुभयो । भेलाको कार्यक्रम करीब ४० मिनेटको भयो । सबैजना परियोजनाको स्थलगत निरिक्षणमा गयौं । केन्द्रमा कृषकबाट दुध संकलनका अतिरिक्त दुधजन्य परिकारहरु पनिर, दहि, ध्यू, मखन, दुधबाट बन्ने मिठाई बनाई प्याकिङ्ग गर्ने लगाएतका काम हुने रहेछ । सो परियोजनामा बजार व्यबस्थापन लगाएत सम्पुर्ण कामका लागि प्रत्यक्ष रुपमा २० जना र अप्रत्यक्ष रुपमा २० जनाले रोजगरी पाउनु भएको रहेछ । उपस्थित सम्पुर्णले लघुवित्तको वित्तीय साक्षरता तालिम, सिपमुलक तालिम, वित्तीय लगानिले गर्दा समाजमा सकारात्मक परिवर्तन ल्याएकोमा धन्यवाद दिंदै यो अभियानलाई निरन्तर रुपमा अगाडि बढाउन अनुरोध गर्नुभयो । उक्त परियोजना अवलोकन पश्चात पाएको आत्मसंतुष्टिलाई संगाल्दै केन्द्रीय कार्यालय फर्कने क्रममा बाटामा पर्ने विभिन्न शाखाहरुले दिएका सिपमुलक तालिम लिएर काम गर्नुभएका सदस्य वा उहाँको अभिभावकलाई भेट्यौं । गाडिमा हावा हाल्ने पसल, साईकल मर्मत पसल, आधुनिक सैलुन पसल, जुस बनाएर बेच्ने पसल, घडि तथा मोबाइल मर्मत पसल, फाष्ट फुड पसल लगाएतका पसल संचालन गरिरहनु भएका सदस्यलाई भेट्दै आयौं । धेरै त विदेशबाट फर्कि काम सुरु गर्नुभएको प
ाइयो । वित्तीय साक्षरता संगसंगै, सिपमुलक तालिम त्यसपसछि वित्तीय लगानि गर्नले ज्ञान, सिप र पूँजी दिनाले ब्यापार गर्न सहज र सजिलो हुनुका साथै थप पूँजि निर्माण र बचत गर्ने बानि परको साथै आँफु जस्ता थुप्रैले आफ्नो ब्यबसाय शुरु गरी स्वरोजगार बनेका छन् भनि सुन्न पाउँदा र उहाँहरुले आफ्ना सम्झेर गर्नुभएको ब्यबहारले अरु क्षेत्रमा अवसर हुँदाहुँदै पनि यस क्षेत्रमा लागेकोमा आफैलाई बधाई दिन मन लाग्यो । सिन्धुलिमा जुनारबाट जुस बनाउने कारखाना होस् या स्यङ्जामा सुन्तलाको जुस बनाउने ब्यक्तिगत र सामुहिक दुवै कर्जा लिएर, सिप सिकेर उधमी हुनुभएका सदस्यहरु सम्झदा लघुवित्तकर्मि भएकोमा गर्व महशुस हुन्छ । अरुले त केवल जागिर खान्छन् तर हामि त ब्यक्ति, परिवार, समाज अनि राष्ट्र निर्माण अभियानमा छौं । लघुवित्त भन्न मन लाग्यो । साँझ परिसकेको थियो । गन्तब्य नजिक पुग्नै लाग्दा फोन आयो । यसो हेरेको एकजना डाईरेक्टर सरको रहेछ । उहाँ आफ्नो गाँउ जानुभएको थियो । उहाँलाई जिल्लामा सम्मान गरिएछ । उहाँको ब्यक्तिगत सहयोगको साथसाथै संस्थले त्यस जिल्लामा स्वरोजगारी बनाउँन गरेको कार्यका लागि सबैले उहाँलाई धन्यवाद दिएछन् । सदरमुकाम देखि टाढा रहेको सानो बजारमा त्यस संस्थाको शाखा राखिदिन ठुलो आग्रह भएछ । कुनैपनि लघुवित्तका शाखा नभएकोले शाखा खोल्नुप¥यो भनि आग्रह गनुभयो । उहाँले यस संस्थाको निर्देशक हुनु आफ्नो जिवनको ठुलो उपलब्धि भएको कुरा व्यक्त गर्नुभयो । वित्तीय संस्थाले गरीब तथा विपन्प बर्गका सदस्यहरुका छोराछोरीलाई छात्रावृति दिने, दुर्गममा रहेका सदस्यहरुको बर्षमा एकपटक सामान्य चेकजाँच गर्ने व्यबस्था गर्न बनाएको योजनाहरु अघि बढाउन आग्रह गर्नुभयो । लघुवित्तको अबको बाटो केबल कर्जा, बचत, विमा , विप्रेषण मात्र हुन सक्दैन । वित्तीय साक्षरता, सिपमुलक तालिम, शिक्षा, स्वास्थय लगाएतका क्षेत्रमा पनि काम गर्नुपर्छ भनेर संस्था अगाडि बढ्र्नाले आज हिजोको दुःख विर्साएर खुसि दिएको छ ।
हिजोको दिन सम्झन्छु कति गाह्रो थियो । फिल्ड गई पैसा उठाउन । दोहोरोपनाले थिलथिलिएको लघुवित्त क्षेत्रमा कोविड—१९ का कारण उठ्नै नसक्ने गरी गाँज्यो । त्यसैत ऋणमा थलिएका सदस्य कोविडका कारण ब्यपार ब्यबसाय नचल्दा जिवन तहसनहस भयको थियो । भाखा नाघेको कर्जा बढेसंगै नाफा घट्यो । कर्मचारी फिल्ड जान नसक्ने भए । सधै जसो कर्मचारी र सदस्यविच झगडा भएको खबर सुन्नुपर्ने । जागिर नगर्नेे मानसिकतामा कर्मचारी । व्यबस्थापनलाई वोर्ड अनि बोर्डलाई लगानिकर्ताको दवाव । ठुलै रिस्क लिएर आम्दानि नभएको बेलामा कर्जा लगानिका अतिरिक्त तत्काल खर्च बढ्ने वित्तीय साक्षरता, सिपमुलक तालिम, अति विपन्नलाई शिक्षा तथा स्वस्थ्यमा सहयोग एवं स्थानिय तहसंगको सहकार्यमा स्वरोजगारी बन्न चाहनेलाई थोरै मात्रामा भएपनि आर्थिक सहयोगको निति लिएर अगाडि बढ्दा १ बर्षमा यत्रो परिवर्तन आयो । धेरै सदस्यहरु स्वरोजगार बन्नुभएको छ । धेरै स्थानमा सामुहिक कर्जाका माध्यमबाट लघुउधमी बनि अरुलाई समेत रोजगारी दिनुभएको छ । सबै लगानिकर्ता यस संस्थाको लगानिकर्ता हुनपाएकोमा, वोर्ड हुन पाएकोमा, कर्मचारी लघुवित्तकर्मि बन्न पाएकोमा , सदस्य यस संस्थाको सदस्य बन्न पाएकोमा गर्व गर्छन् । सबैले मेरो वित्तीय संस्था भनेर महशुस गरेका छन् । केहि गर्नलाई केहि जोखिम त लिनै पर्ने रहेछ ।
फेरी मोबाइलको घण्टि बज्यो यसपालि भने सपनामा हैन रहेछ विपनामै रहेछ आँखा मिच्दै सिरानिमा राखेको मोबाइल हेरें एकजना शाखा प्रमुखको रहेछ । स्थानियतहले कोविड संक्रमण बढेको कारणले सिल गरेकाले काम गर्न नसक्ने भन्ने जानकारी दिनु भयो । अलिअलि शुरु हुन लागेको कार्यक्रम फेरी बन्द हुनेभयो । ल आफ्नो ख्याल गर्नु भन्दै म पनि उठें । सपना त मिठो थियो तर दिउँसो शाखाप्रमुखहरुसंग कोविडको कारण किस्ता संकलनमा देखिएको समस्या सम्बन्धमा हुने बैठकमा के भन्ने सोच्न थाले । बैंकिङ खबर डटकमबाट साभार