लघुवित्तको मर्जरमा तिब्रता अब साना लघुवित्तहरु नरहने

अब लघुवित्तको संख्या तिब्र रुपमा कटौती हुने भएको छ । नेपाल राष्ट्र बैंकले नयाँ लघुवित्त वित्तीय संस्थालाई लाइसेन्स वितरणमा रोक लगाएसँगै लघुवित्तको संख्या घट्ने भएको हो । हाल धेरै लघुवित्तहरु मर्जरको तयारीमा छन् । कोरोना कहरका कारण पनि कतिपय लघुवित्तलाई मर्जरको बाध्यता सिर्जना गरेको छ । नयाँ लघुवित्त खुल्ने क्रमसँगसँगै लघुवित्तहरु मर्जरमा जाने क्रम पनि


मौद्रिक नीतिमा उल्लेख भएका लघुवित्तका विषयहरु

लघुवित्त :  लघुवित्त वित्तीय संस्थाहरुको ईजाजत दिने कार्य स्थगन गरिएको छ । साथै, इजाजतको प्रक्रियामा रहेका लघुवित्त वित्तीय संस्थाहरुको इजाजत प्रक्रिया समेत रद्द गरिएको छ । -प्रदेशस्तरमा कारोबार गर्ने लघुवित्त वित्तीय संस्थाहरुले तोकिएको प्रदेश बाहेकका क्षेत्रमा सञ्चालनमा रहेका शाखा कार्यालय बिक्री, बन्द वा स्थानान्तरण गरी आफ्नो सम्पूर्ण कारोबार एउटै प्रदेशमा सीमित गर्नुपर्ने समय सीमा २०७७


लघुवित्तको समस्या बुझेर समाधान गर्न आग्रह

स्वावलम्बन विकास केन्द्रका अध्यक्ष शंकरमान श्रेष्ठले लघुवित्तको मुल मर्म कायम राख्दै कोरोना महामारी र लकडाउन संकटको सामना गर्न लघुवित्तकर्मीहरुलाई सुझाव दिएका छन् । स्वावलम्बन विकास केन्द्रले २०७७ श्रावण ७ गते नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको उच्च व्यवस्थापन तथा १० वटा शाखा प्रवन्धकहरुको सहभागितामा आयोजना गरेकोे छलफल कार्यक्रममा श्रेष्ठले यस्तो धारणा राखेका हुन् । कोरोना भाइरस


तीनवटा लघुवित्त मर्जर भएर जीवन विकास लघुवित्त बन्दै

तीनवटा लघुवित्त मर्जर भई एक हुन लागेका छन् । जीवन विकास लघुवित्त वित्तीय संस्था, सल्भ लघुवित्त वित्तीय संस्था र गरिबी न्यूनीकरण लघुवित्त वित्तीय संस्था मर्जर भएर एक हुन लागेका हुन् । मर्जरपछि भदौ २२ गतेदेखि एकीकृत कारोबार शुरु हुने  भएको छ । मर्जरपछि जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार हुने छ ।


अस्पतालको बर्गीकरण खारेज, अब सबै अस्पतालले कोरोना उपचार गर्न पाउने

कोरोना उपचारका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको तीन तहको अस्पताल बर्गीकरण खारेज गर्ने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको उपस्थितिमा कोरोना रोकथाम तथा नियन्त्रण बारे बसेको बैठकले यस्तो निर्णय गरेको हो । अब सबै अस्पतालले कोरोना बिरामी उपचार गर्न पाउने छन् ।


कोरोना संक्रमणबाट एकसातामै ५२ जनाको मृत्यु

कोरोना संक्रमणबाट गतसाता एकसातामै ५२ जनाको मृत्यु भएको छ । पछिल्लो समयमा हरेकदिनजसो कोरोनासंक्रमणबाट ४ देखि १० जना सम्मको मृत्यू हुन थालेको छ । हालसम्म मृतकको संख्या १५६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभरमा गरी १३७ जनाको आईसीयूमा तथा १० जनाको भेल्टिलेटरमा उपचार भइरहेको छ ।


नेपाल राष्ट्र बैंकद्धारा बैंकिङ सेवा व्यवस्थापन गर्न बैंकहरुलाई निर्देशन

नेपाल राष्ट्र बैंकले शाखा बढाएर भएपनि उपत्यकामा भिड व्यवस्थापन गर्न बैंकहरुलाई निर्देशन दिएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई काठमाडौं उपत्यकाका तीन जिल्लामा ४ वटा मात्रै शाखा खोल्दा धेरै भीड देखिएको उल्लेख गरेको छ । केही शाखाहरु थप सञ्चालनमा ल्याउन राष्ट्र बैंकले निर्देशन दिएको छ । बैंकहरुले काठमाडौं उपत्यकामा कम शाखा संचालन गरेका


१८ हजार ६३१ जना कोरोना जितेर घर फर्के

नेपालमा कुल कोरोना संक्रमितको संख्या ३१ हजार ३१ हजार ९३५ पुगेको भएतापनि उनीहरुमध्ये १८ हजार ६३१ जना निको भएर घर फर्केका छन् । दिन प्रतिदिन कम्तिमा २ सय जनाको रेसियोमा कोरोना जित्नेहरु रहेका छन् । त्यसैगरी हरेक दिनजसो संक्रमण बढ्नेहरु पनि रहेका छन् । यो अवधिमा १४९ जनाको मृत्यु भएको छ ।


विदेशबाट आउने नेपालीले सात दिनसम्म होटल क्वारेन्टाइन बस्नुपर्ने

विदेशबाट नेपाल आउने कुनैपनि नेपालीले पीसीआर परीक्षणसहित सात दिनसम्म होटल क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ । सो को लिखित प्रतिबद्धतापछि मात्रै उनीहरुले नेपाल आउन टिकट पाउने छन्। सरकारले दैनिक पाँच सय जनासम्मलाई नेपाल आउन अनुमति दिने निर्णय गरेको छ ।


सरकारले कोरोना रोकथाम र नियन्त्रण गर्न उच्चस्तरीय समिति गठन गरेको छ

सरकारले कोरोना भाइरसको रोकथाम र नियन्त्रण कार्यलाई प्रभावकारी बनाउन सरकारले कोरोना भाइरसको रोकथाम र नियन्त्रण कार्यलाई प्रभावकारी बनाउन उच्चस्तरीय समिति गठन गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले प्रदेश, जिल्ला र स्थानीय तहमा रहेका अस्पतालसँग समन्वय गरी कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्नका लागि समिति गठन गरेका हुन्।